मृतकको ब्रास्लेट चोरी गरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ
काठमाडाैं | पुस २२, २०७९
चितवन: भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरीले अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।
चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका तनहुँ भानु नगरपालिका २ घर भई चितवनको भरतपुर १ बस्ने वर्ष ३७ को सञ्जीवबहादुर रायमाझीको नाडीमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।
गत आइतबार नारायणगढ मुग्लिन सडक खण्डको भरतपुुर २९ केराबारी नजिकै ना ५६ ख ३३१२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बा।०३–००३ प ६५७४ नम्बरको मोटरसाइकल चालक रायमाझी घाइते भई भरतपुर अस्पतालमा उपचाररत थिए ।
रायमाझीको उपचारको क्रममा मृत्यु भएको र मृत्युपश्चात् शवगृहमा रहेको लाशमा उनको हातको ब्रास्लेट नदेखेपछि खोजी शुरु भएको थियो ।
पक्राउ परेका सुरक्षा गार्ड खोटाङ ऐंसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्दै आएका थिए । पक्राउ परेका निजलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

